२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

खोलाले बगाएर मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — लडेर घाइते भएका ज्वाइँको स्वास्थ्य अवस्था बुझ्न जाने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । 

मिक्वाखोला गाउँपालिका ५ पापुङकी मनमाया साँवाको ज्यान गएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनलाई तावा खोलाले बगाएको हो ।

मेरिङ्देन गाउँपालिका ६ नाल्बुतर्फ जाँदै गरेकी उनी सडकको छेउबाट खोलामा पसेकी थिइन् । गहिरो भड्कालोमा पसेपछि शरीर नियन्त्रित नहुँदा खोलाले बगाएको हो ।

स्थानीयले उद्धारको प्रयास गरेपनि खोलाले करिब एक सय मिटर तल पुर्याएको थियो । पापुङ प्रहरी चौकीबाट गएको प्रहरी टोली समेतले उनको शव खोलाबाट निकालेको थियो ।

यसअघि फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाको सिंजेमा ताल हेर्न गएका एक युवापनि चिप्लिएर खोलामा लडेर बेपक्ता भएका छन् ।

प्रकाशित : श्रावण ११, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?