कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाथिभरा याङवरक गाउँपालिकाका विमल कंलिवा लिम्बूलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

युवतीलाई जबरजस्ती करणी गरेर कपाल समेत काटिदिएको भन्दै उजूरी परेपछि कंलिवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिरिजङगा गाउँपालिका-३ स्थित चौतारामा बोलाएर कंलिवाले ती महिलालाई जबरजस्ती करणी गरी खुकुरीले कपाल काटिदिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

प्रकाशित : श्रावण १०, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?