२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सीमामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना

पर्वत पोर्तेल

काँकडभिट्टा — मुलुकको पूर्वी सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीलार्ई कोरोना पुष्टि भएको छ । मंगलबार दुई जवानमा कोरोना देखिएको थियो । 

सीमामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार सबै सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत हुन् । उनीहरु विगत ४ महिनादेखि सीमामा तैनाथ थिए ।

फोकल पर्सन चम्लागाईंले संक्रमित सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पताल लागिएको जानकारी दिए ।

झापामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । २९८ उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित : श्रावण ९, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?