१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बीपी प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार रेग्मीद्वारा पदभार ग्रहण

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार प्राडा मोहन चन्द्र रेग्मीले बिहीबार पदभार ग्रहण गरेका छन् ।

बीपी प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार रेग्मीद्वारा पदभार ग्रहण

उनी प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागका प्रमुख पनि हुन् । रजिष्ट्रार पद रिक्त रहेको एक वर्षपछि प्रतिष्ठानमा सरकारले आगामी पाँच वर्षका लागि रेग्मीलाई नियुक्त गरेको हो ।

रेग्मीलाई तीनदिन अघि प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् । प्रतिष्ठानमा पहिलो पटक चिकित्सा क्षेत्रकै र प्रतिष्ठानभित्रै कार्यरत चिकित्सकलाई रजिष्ट्रार नियुक्ती भएको हो ।

नवनियुक्त रजिस्ट्रार रेग्मीले प्रतिष्ठानको एकएक समस्या आफूलाई थाहा भएकाले पहिले जस्तो चार पदाधिकारी चारतिर फर्केर एकल निर्णय नगरी सामूहिक निर्णयको आधारमा समस्या समाधान गर्ने बताए ।

प्रकाशित : श्रावण ८, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?