कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सीमा सुरक्षामा खटिएका सशस्त्रका २ जवानमा कोरोना

पर्वत पोर्तेल

काँकडभिट्टा — सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका २ जवानमा कोरोना देखिएको छ । सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत २ जवानमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । 

सीमा सुरक्षामा खटिएका सशस्त्रका २ जवानमा कोरोना

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु २१ र ३० वर्षका प्रहरी जवानहरु छन् ।

फोकल पर्सन जीवन चम्लागाईले संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको जानकारी दिए ।

मेचीनगरमा संक्रमितको संख्या ५१ पुगेको छ । ४६ जना निको भएर फर्किसकेका छन् । झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?