कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

असारमा प्रदेश १ को खर्च : १० अर्ब ९३ करोड

देवनारायण साह

मोरङ — प्रदेश नम्बर १ मा कूल बजेटको २६ प्रतिशत असारमा मात्रै खर्च गरेको पाइएको छ । असारे विकासलाई निरन्तरता दिँदै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरिएको कूल बजेटको २५ दशमलव ९१ प्रतिशत बजेट असारमा खर्च गरेको हो ।

असारमा प्रदेश १ को खर्च : १० अर्ब ९३ करोड

प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले असारमा १० अर्ब ९३ करोड ५५ हजार रुपैयाँ प्रदेश सरकारले खर्च गरेको छ । चालुतर्फ ४ अर्ब ५५ करोड ४६ लाख र पुँजीगततर्फ ६ अर्ब ३८ करोड ९ लाख रुपैयाँ प्रदेश सरकारले खर्च गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले असारे विकास अन्त्य गर्नका लागि जेठ १५ गतेपछि आकस्मिक बाहेकको काममा कुनै किसिमको बजेट खर्च नगर्ने घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेनन् ।

प्रदेश सरकारले आर्थिक वर्ष ७६/७७मा कूल बजेटको ७० दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कूल बजेट ४२ अर्ब २० करोड ४ लाख १० हजारमध्ये २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४ सय ५ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कृषक लक्षित प्रभावकारी योजना ल्याउन नसकेकाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खर्च सबभन्दा कम भएको छ । यो मन्त्रालय मुख्यमन्त्री राईले नै नेतृत्व गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कूल बजेट ४ अर्ब ४ करोड १० लाख ३२ हजारमध्ये १ अर्ब ५६ करोड ३५ लाख ४१ हजार ९ सय ५२ रुपैयाँ मात्रै खर्च भएको छ ।

यस्तै, मुख्यमन्त्री राईले नै नेतृत्व गरेको र प्रदेश सरकारको सबभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको सबभन्दा बढी ८२ दशमलव ९९ प्रतिशत खर्च भएको छ । उक्त मन्त्रालयको कूल बजेट १९ अर्ब ८५ करोड ९९ लाख ८१ हजारमध्ये १६ अर्ब ४८ करोड १६ लाख ७९ हजार ८ सय ३४ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको जानकारी दिएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?