कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

७२ वर्षीय क्यान्सररोगी कोरोनामुक्त

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगाका एक जना ७२ वर्षीय क्यान्सररोगी कोरोनामुक्त भएका छन् । अस्पतालले क्यान्सर निको नहुने भन्दै उनलाई घर पठाएको थियो । घर पठाइकेपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

७२ वर्षीय क्यान्सररोगी कोरोनामुक्त

क्यान्सरकै कारण आइसोलेसनका लागि अस्पताल लान नसकेपछि उनलाई घरमै राखेर परिवारका सदस्यहरुले हेरचाह गर्दै आएका थिए । उनलाई १४ दिनपछि गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनका परिवारका सबै सदस्यहरुमा समेत कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए ।

त्यसैगरी ओखलढुंगा सामुदायिक अस्पताल मिसनको आइसोलेसनमा राखिएको लिखु गाउँपालिकाको तीन युवाहरु पनि कोरोनामुक्त भएका छन् । तीनदिनअघि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा सोमबार उनीहरुको रिपोर्ट प्राप्त भएको हो ।

चार दिनअघि सोलु करिडोरमा काम गर्ने १५ जना भारतीय मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनीहरुलाई त्यतिखेरै जिल्लाबाहिर लगिएको कारण हाललाई ओखलढुंगा कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो पटक संकलित स्वाबमध्ये लिखुको १ सय २५, मानेभन्ज्याङको ८१ र सिद्धिचरण नगरपालिकाको २० जनाकै पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?