१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीमामा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण

अर्जुन राजवंशी

बिर्तामोड — सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे झापाको गौरीगन्ज गाउँपालिका–५ स्थित सीमा क्षेत्रमा झडप भएको हो । 

सीमामा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण

मल्हाटोलीनजिकै भारतबाट आएको तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएका छन् । हवाई फायरपछि तस्कर समूह भागेको उनले बताए ।

यसअघि पनि भारतीय नागरिकले जिल्लाको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि पटकपटक आक्रमण गरिसकेका छन् ।

प्रकाशित : श्रावण ४, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?