कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या आरोपी १४ वर्षपछि पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको साविकको टाघनडुब्बा गाविस ९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्याका आरोपी १४ वर्षपछि पक्राउ गरेका छन् । साविकको मेचीनगर ८ निवासी ४१ वर्षीय पुन्यप्रसाद बिकलाई प्रहरीले पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

हत्या आरोपी १४ वर्षपछि पक्राउ

साइकल प्रयोग गरेको सामान्य विषयमा विवाद हुँदा २०६३ चैत २४ मा घटना भएको थियो । कुटपिटबाट सख्त घाइते नत्थुको नत्थुको विराटनगरस्थित विराट नसिंह होममा उपचारका क्रममा घटना भएका ५ दिनपछि मृत्यु भएको थियो ।

कुटपिटका कारण नत्थुको मृत्यु भएको भन्दै ससुरा रामबहादुर विकले आरोपी पुन्यप्रसादविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार पुन्यप्रसादलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले असार ३० गते मेचीनगर ८ इँटाभट्टा चोकबाट पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जनाए । आरोपीलाई जिल्ला अदालतमाबाट ७ दिनको म्याद थपी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै बहुविवाह र सरकारी छाप किर्ते मुद्दाका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बहुविवाह मुद्दाका अभियुक्त बुद्धशान्ति ४ का ३४ वर्षीय फूलबहादुर गौतम (दर्जी)लाई जिल्ला अदालत झापाले गत पुस ६ मा एक वर्ष कैद र जरिवाना तोकेको थियो । तर, उनी फरार थिए । विशेष सूचनाका आधारमा दर्जीलाई असार २९ मा बुद्धशान्ति ४ बाटै पक्राउ गरेको हो । उनलाईलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।

सरकारी छाप दस्तखत किर्ते मुद्दाका अभियुक्त विजय यादवलाई पनि झापा अदालतले ०७५ वैशाख ३ मा एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उच्च अदालतले विराटनगर, इलाम इजलासले ०७६ जेठ २७ मा यो फैसलालाई सदर गरेको थियो । फैसलापछि फरार उनलाई प्रहरीको विशेष टोलीले असार २४ गते भद्रपुर १०बावाट पक्राउ गरी कैद भुक्तानका लागि जेलचलान गरिएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित : श्रावण १, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?