२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सोलु करिडोरका १५ जना भारतीय मजदुरमा कोरोना पुष्टि

कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिकामा काम गर्ने सोलु करिडोरका १५ जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । तर उनीहरु अहिले जिल्लामा छैनन् ।

असार २६ गते उनीहरु भारतबाट आएका थिए । स्थानीयको मागपछि उनीहरुको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो ।

२३ जना भारतीय मजदुरको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएकोमा १५ जनामा कोरोना संक्रमण देखिएको बिहीबार स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । भारतीय मजदुरहरुलाई परीक्षण रिपोर्ट नआउँदै बिहीबार बिहान विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यालय प्रमुख तिवारीका अनुसार बिहीबार दिउँसो आएको रिपोर्टमा १५ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि लिखु गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १ जना निको भएर फर्किसकेका छन् ।

प्रकाशित : श्रावण १, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?