मोरङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

मोरङ — मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी चिसाङखोलामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । पहिरोले घर पुरिएर स्थानीय ५८ वर्षीया धनकुमारी आङबो लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले लिम्बुको एक घर र दुई वटा गाई गोठ पहिरोले बगाएको बताए ।

यस्तै, रतुवामाई नगरपालिका ७ का २३ वर्षीय अरुण ऋषिदेव रतुवा खोलाले बगाएर बेपत्ता भएका छन् । रतुवामाई–३ चौकीघाटबाट रतुवाखोला तरेर झापातर्फ जाने क्रममा बाढीले आइतबार बगाएको हो । खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको डीएसपी राईले बताए ।

प्रकाशित : असार ३०, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?