भोजपुरमा पहिरोले ५ परिवार विस्थापित

एलिसा श्रेष्ठ

भोजपुर — पहिरोका कारण षडानन्द नगरपालिका ८, दिङलाबजारका ५ परिवार विस्थापित भएका छन् । शनिबार राति गएको पहिरोले घरहरु जोखिममा परेपछि ती परिवारलाई अन्यत्र सारिएको हो ।

भोजपुरमा पहिरोले ५ परिवार विस्थापित

पुरुवा माटोमा बनेका ती घरहरु लगातारको वर्षात्‌ले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी गराए । उनका अनुसार ती परिवारलाई छिमेकीको घरमा राखिएको छ ।

त्यस्तै षडानन्द नगरपालिका ७, केउरेनीपानी रुखले किचेर स्थानीय धर्मराज चौहानको घर पूर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित : असार २८, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?