कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाढीले धरानमा ४ घर बगायो

प्रदीप मेन्याङ्बो

सुनसरी — अविरल वर्षाको कारण धरानमा सेउती र अँधेरी खोलामा आएको बाढीले चार घर बगाएको छ । तीन दिनदेखि परेको वर्षाले धरान–५ देउराली बस्तीमा सेउती खोलामा आएको बाढीले जितबहादुर लिम्बु, चन्द्र जोगी, तिलक बस्नेतको घर बगाएको हो । अँधेरी खोलामा आएको बाढीले तल्लो देउराली बस्तीस्थित ढकाल टोलको एक घर बगाएको छ ।

बाढीले धरानमा ४ घर बगायो

खोलाले घर बगाएपछि विस्थापित भएका परिवारका लागि तत्काल राहतको आवश्यकता रहेको स्थानीय डिल्ली लिम्बुले बताए । उनकाअनुसार खोलाले बगाएका घरका सबै परिवार सामान्य मजदुरी गरेर जीविका चलाउनेहरु मात्र छन् । बस्ने घर नै बगाएपछि बिचल्लीमा परेको उनले बताए । पीडित तिलक बस्नेतले आफ्नो परिवार कहाँ बस्ने भन्ने चिन्ता सुरु भएको बताए । अन्य विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बुले खोला किनारको कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको सहयोगमा २० थान जालीमा ढुंगा लगाएर छेक्ने काम भइरहेको बताए ।

प्रकाशित : असार २८, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?