झापामा बाढीले पाँच परिवारका १७ विस्थापित

पर्वत पोर्तेल

काकडभिट्टा — अविरल वर्षापछि माई खोलामा आएको बाढीले झापा शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ५ घरका १७ जना विस्थापित भएका छन् । माईधारबाट २ किलो मिटर पूर्वको बस्तीमा शनिबार बिहानैबाट कनकाई खोला पसेको थियो ।

झापामा बाढीले पाँच परिवारका १७ विस्थापित

जसका कारण माई खोला किनारमा बस्‍ने लालबहादुर मुसहरको ५ जनाको परिवार, प्रेम प्रसाद उप्रेती, तारा लिम्बु र हरिमाया ऋषिदेवको ४–४ जनाको परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विस्थापितहरुलाई अस्थायी संरचना बनाएर सुरक्षित स्थानमा सारिएको जनाए ।

झापा रेडक्रसका अध्यक्ष लोकराज ढकालले दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगन्‍ज र झापा गाउँपालिकाको सबै क्षेत्र र गौरादह, शिवसताक्षी र भद्रपुर पालिकाको दक्षिणी क्षेत्र बाढीको उच्च जोखिममा रहेको बताए । ढकालका अनुसार कनकाई खोलाले झापा गाउँपालिका ७ मदरगाछ टप्पु क्षेत्रमा डुबान र कटान भइरहेको छ ।

रेडक्रस झापाका अनुसार झापाका २८ नदीमध्ये मेची, विरिङ्ग, कन्काई, कमल, पालिया, निन्दालगायतका ७ ठूला नदीले बस्ती उच्च जोखिममा पारेको छ । बाढीले खोलामा पानीको बहाब बढेको छ । जिल्ला सदरमुकाम चन्द्रगढी, भद्रपुर, विर्तामोड, चारआली, मेचीनगर, धुलावारी, सुरुंगा र दक्षिणी क्षेत्रका अधिकांश पालिका जलमग्‍न छन् ।

प्रकाशित : असार २७, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?