भाउजु हत्याको आरोपमा नन्द पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँमा मृत भेटिएकी ५० वर्षीया मनमाया जिमीको हत्याको आरोपमा कुमारी जिमी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई शुक्रबार मनमायाको हत्याको आरोपमा पक्राउ गरेको डीएसपी नवराज मल्लले बताए । मृतक मनमाया र पक्राउ परेकी कुमारी नन्द–भाउजु हुन् ।

बुधबार साँझ घाँस काट्न गएकी मनमाया बिहीबार मृत अवस्थामा जंगलमा भेटिएकी थिइन् । उनको हत्या विभत्स र क्रुर तरिकाले भएको प्रहरीले जनाएको छ । मृतक जिमीलाई पटकपटक धारिलो हतियार प्रहार भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

कुमारी जिमीसँगै प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य केही व्यक्तिलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित : असार २६, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु 

माधव अर्याल

पाल्पा — गुल्मीको कालीगण्डकी गाउँपालिका–४, फुस्रेमा पहिरोले पुरिएर ६२ वर्षीय यमबहादुर श्रीसको शुक्रबार मृत्यु भएको छ । घर नजिकै खेतमा कुलोको भल काट्न गएका श्रीसलाई  माथिबाट खसेको पहिरोले च्यापेको प्रहरीले जनाएको छ ।

उनलाई पहिरोले पुर्दा श्रीमती पनि सँगै भएको र तत्काल स्थानीयलाई खबर गरे पनि बचाउन नसकिएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।


प्रकाशित : असार २६, २०७७ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×