१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धरानमा आगलागी हुँदा दुई घर जले

धरान — खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा धरान उपमहानगरपालिका–१४, विजयपुरका दुइटा घर जलेका छन् ।

धरानमा आगलागी हुँदा दुई घर जले

आगलागीबाट स्थानीय विष्णु राईको काठको दुईतले घरसहित लत्ताकपडा, गरगहनालगायतका सामग्री जलेको छ । त्यस्तै छिमेकी ईश्वर राईको घर पनि जलेको छ । दुवै घर जल्दा करिब २२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले भने, ‘ग्यास सिलिण्डर चुहावट भएर सुरु भएको विष्णु राईको घर पूरै जलेको छ । छिमेकी ईश्वरको घर आधा मात्र जलेको छ ।’

विष्णु राईको घरमा नरमाया लिम्बूको परिवार भाडामा बस्दै आएका थिए । लिम्बूको नगद डेढ लाख रुपैयाँ, आधा तोला सुनको गहना, दराज, फ्रीज, टेलिभिजन सबै जलेको थियो । घरधनी राई भने धरान–४, दानाबारीमा बस्दै आएका छन् । ईश्वरको घरमा भने उनकै भाइ कमल राई बस्दै आएका थिए । ईश्वरले घर बनाउनका लागि राखेका ८ सय क्युबिक फीट काठ जलेको प्रहरीले जानकारी दिएको छ ।

धरान उपमहानगरको दमकल, नगरप्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दासहितको टोलीले करिब ३ घण्टा लगाएर आगो निभाएको थियो ।

प्रकाशित : असार २४, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?