कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार राति पथरीशनिश्चरे नगरपालिका-२ बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पथरी-शनिश्चरे १० का २० वर्षीय निमा तामाङ, बेलबारी नगरपालिका २ का २० वर्षीय प्रितिमान भण्डारी र २२ वर्षीय अभिषेक कट्टेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्त मानबहादुर राईले बताए ।

उनीहरुले सोमबार राति पथरीको सिर्जना चोक निवासी ४७ वर्षीय आतेजुङ राईको घरबाट को३४प ६००४ नम्बरको मोटरसाइकल लगायतका धनमाल चोरी गरेर फरार थिए ।

उनीहरुले यसअघि पथरी शनिश्चरे १को शान्ति मिनि मार्केटस्थित सबिता बस्नेत र देश थाम्सुहाङको पसलको सटर फुटाएर २५ हजार मूल्य बराबरको जुत्ताचप्पल चोरी गरेको पनि खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

प्रकाशित : असार २३, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।

नयाँ संक्रमित हुनेहरुको जिल्लागत विवरण

बाजुरा ५४

काठमाडौं १४

अछाम ११

बैतडी ११

ललितपुर १०

महोत्तरी ९

धनुषा ८

अर्घाखाँची ८

डोटी ७

मोरङ ६

डडेलधुरा ६

रुकुम पश्चिम ५

नवलपरासी पश्चिम ५

सल्यान ५

सप्तरी ४

भक्तपुर ४

सुनसरी ३

गोरखा ३

मकवानपुर ३

सर्लाही ३

सुर्खेत ३

दाङ ३

तनहुँ २

पाल्पा २

बर्दिया २

झापा १

सिन्धुली १

धादिङ १

कास्की १

लमजुङ १

नुवाकोट १

पर्सा १

रामेछाप १

रुपन्देही १

बागलुङ १

कपिलवस्तु १

रुकुम पूर्व १

प्रकाशित : असार २३, २०७७ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×