कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विदेशीलाई नागरिकता र राहदानी दिने अधिकृत पुर्पक्षका लागि थुनामा

पर्वत पोर्तेल

काँकडभिट्टा — झुटो विवरण पेस गरी विदेशी नागरिकलाई नागरिकता र राहदानी दिने अधिकृत सुरेश आचार्यलाई जिल्ला अदालत झापाले सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।



जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत आचार्यले भारतीय नागरिक मुस्ताफ आलमलाई झुटो विवरण पेस गरी २०७२ मंसिर १० गते नेपाली नागरिकता बनाइदिएको आरोप छ ।

अदालतले गत मंसिर २ मा उनीविरुद्ध वारेन्ट जारी गरेको थियो । महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले शनिबार उनलाई गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

आइतबार झापा ल्याइएका उनलाई त्यसैदिन अदालतमा पेस गरिएको थियो । सोमबार उनलाई अदालतले कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले जनाए ।

उनलाई नेपाली नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा (३) वमोजिम एक वर्षदेखि ५ वर्षसम्म जेल र बीस हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।


प्रकाशित : असार २२, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?