१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रदेश १ सरकारद्वारा प्रहरीलाई १७० थान मोटरसाइकल

मोरङ — प्रदेश सरकारले प्रदेश १ प्रहरीलाई १७० थान मोटरसाइकल र १० थान स्कुटर आइतबार हस्तान्तरण गरेको छ ।

प्रदेश १ सरकारद्वारा प्रहरीलाई १७० थान मोटरसाइकल

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ प्रहरी प्रमुख ईश्वरबाबु कार्कीलाई शान्ति सुरक्षा चुस्त दुरुस्त बनाइ राख्‍न भन्दै आइतबार मोटरसाइकल र स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुलाई उपलब्ध गराउने गरी टिभिएस कम्पनीको १६० सिसीको अपाचे मोटरसाइकल ९० थान, बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाइकल ८० थान र यमाहा कम्पनीको १२५ सिसीको यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो । यस्तै, ट्राफिक व्यवस्थापनका लागि मन्त्रालयले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मन्त्री कार्कीले विभिन्‍न अपराध कार्यमा संग्लग्‍न व्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाइ रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी निर्वाह गर्दै आएका नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाइ शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन मोटरसाइकल उपलब्ध गराएको बताए ।

प्रकाशित : असार २१, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?