२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धरानबाट हतियारसहित लागूऔषध कारोबारी पक्राउ

मोरङ — सुनसरीको धरान उपमहानगर–७ बाट एकजना लागूऔषध कारोबारीलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । स्थानीय ४४ वर्षीय किसन श्रेष्ठलाई पक्राउ गरेको हो ।

धरानबाट हतियारसहित लागूऔषध कारोबारी पक्राउ

प्रदेश १ प्रहरी र इलाका प्रहरी धरानको संयुक्त टोलीले श्रेष्ठको कोठाबाट बन्दुक एक थान, ६ बोतल डाइलेक्स जिसी, ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाइट्राजेपान र १ लाख ९२ हजार नगद बरामद गरेको छ ।

यस्तै, सुनसरीकै देवानगन्ज ३ का ४३ वर्षीय चुनिलाल सरदारलाई १८ किलो गाँजासहित पक्राउ गरेको छ । सरदारको को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिइ जाँच गर्ने क्रममा प्रहरीले गाँजा बरामद भएको बताए ।

यस्तै, झापाको दमक ५ मा डेरा गरी बस्दै आएका वडा ९ का ३२ वर्षीय रविन कुँवर, इलाम घर भइ दमक ५ मा बस्दै आएकी १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भइ दमक ८ मा बस्दै आएकी २२ वर्षीया सम्झना राई श्रेष्ठलाई १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनायो ।

प्रकाशित : असार २०, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?