मोरङमा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

मोरङ — जहदा गाउँपालिका–३ स्थित पोखरीमा डुबेर दुईजना किशोरको शुक्रबार मृत्यु भएको छ । स्थानीय १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको मृत्यु भएको हो । 

स्थानीय ब्रहमदेव मुखियाको पोखरीमा नुहाउन गएको बेला डुबेर दिनेशको पोखरीमै मृत्यु भएको र रिक्कीको उपचारको क्रममा कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।


प्रकाशित : असार १९, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?