तीन जिल्लामा खोलामा डुबेर तीन जनाको मृत्यु

विराटनगर — सुनसरी, इलाम र उदयपुरमा खोलामा डुबेर मंगलबार ३ जनाको मृत्यु भएको छ । 

इलामको देउमाइ नगरपालिका ५ का २५ वर्षीय हरिप्रसाद चापागाईको देउमाइ खोलामा डुबेर मृत्यु भएको हो । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको थलाहा खोलामा डुबेर गढी गाउँपालिका २ मुसहरी टोलका ४२ वर्षीय बब्लु भनिने बरलाम ऋषिदेवको मृत्यु भएको छ ।

असार १४ गते उनी आफैं खोलामा हाम्फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजीका क्रममा उनलाई हाम्फालेको स्थानभन्दा दुई किलोमिटर दक्षिण खोलाकिनार रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : असार १७, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?