कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

नागरिकता ऐन संशोधन विधेयक विरुद्ध विराटनगरमा प्रदर्शन

देवनारायण साह

मोरङ — सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनता समाजवादी पार्टी मोरङले विराटनगरमा मंगलबार प्रदर्शन गरेको छ ।

नागरिकता ऐन संशोधन विधेयक विरुद्ध विराटनगरमा प्रदर्शन

'धार्मिक, सांस्कृतिक सम्बन्धलाई अवरुद्ध गर्न पाइदैन, नागरिकता ऐन २०६३ कायम गर, नागरिकता ऐन २०७७ खारेज गर' लगायतका प्लेकार्डसहित सहभागीहरुले नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए ।


संसारीमाई स्थानबाट सुरु भएको जुलुस नगर परिक्रमा पछि बी प्लटमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा जनता समावजवादीका नेता राजकुमार यादव, मोहम्मद कादिर, मोहम्मद नसरुल लगायतका नेताहरुले विधेयकको विरोधमा बोलेका थिए ।

प्रकाशित : असार १६, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?