झापामा करेन्ट लागेर युवाको मृत्यु

काँकडभिट्टा — करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।

झापाको भद्रपुर नगरपालिका १० गराटोल बस्ने २६ वर्षीय रामे हेमरम (सन्थाल) को घर नजिकै माछा मार्ने क्रममा सोमबार करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १६, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?