कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आगलागीमा तीन वर्षीया बालिकाको मृत्यु

एलिसा श्रेष्ठ

भोजपुर — अरुण गाउँपालिका–३ खुकुम्बुमा विद्युत् सर्ट भई घरमा आगलागी हुँदा तीन वर्षीया बालिकाको ज्यान गएको छ । जलेर गम्भीर घाइते भएकी विष्णुमाया पाण्डेको उपचार क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको हो ।

बालिकालाई प्याउली स्वास्थ्यचौकीमा प्रारम्भिक उपचारपछि धरान लैजान सिफारिस गरिएको थियो । तर अवस्था गम्भीर भएकाले धरान लैजान नभ्याएको र धनकुटा अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिका–६ मा बेवारिस अवस्थामा दुईवटा सकेटबम फेला पारेको छ । दोभाने चौकीबाट खटिएको गस्ती टोलीले शनिबार भेट्टाएका ती बम निष्क्रिय बनाउन नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए । उनले ती बमबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : असार १५, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?