कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चट्याङ लागेर उदयपुरमा युवकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिका– ५ खोरिया बस्तीका एक युवकको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार चट्याङ लाग्दा बेहोस भइ उपचार गराइरहेका स्थानीय  १८ वर्षीय दिपेश मगरको बिहान  मृत्यु भएको हो । 

चट्याङ लागेर उदयपुरमा युवकको मृत्यु

शनिबार दिउँसो खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले मगर बेहोस भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले बताए । बेहोस मगरलाई उपचारको लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।

चट्याङले लागेरै ४ दिन अघिपनि त्रियुगा नगरपालिका– १३ असारीका ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको थियो भने दुई महिला घाइते भएका थिए । घाइते उपचारपछि घर फर्किएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।

प्रकाशित : असार १४, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?