१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुई लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

विराटनगर — विराटनगर महानगरपालिका–१५ रानीबाट दुई लाख भारतीय रुपैयाँसहित पक्राउ परेकी एक महिलालाई मोरङ प्रहरीले शुक्रबार कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ ।

५ सय दरको ४ सय थान गरी २ लाख भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ की २५ वर्षीया कोरेसा खातुनलाई जिल्ला प्रहरी मोरङबाट खटिएको टोलीले पक्राउ गरेको थियो । राजस्व कार्यालयले उक्त रकम ती महिलाले कहाँबाट ल्याइन भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : असार १२, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?