१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उदयपुरमा चट्याङ लागेर एकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका– १३ असारीमा चट्याङ लागेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला चट्याङ लागेर ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको हो ।

उदयपुरमा चट्याङ लागेर एकको मृत्यु

घाइते अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएका उनको उपचार क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक भीमबहादर दाहलले बताए ।

त्यसै गरी चट्याङले भातिखर्ककी ३१ वर्षीया अनिता खड्का र जोगीपोखरीकी ६१ वर्षीया तीर्थमाया मगर घाइते भएका छन् ।

उनीहरू पनि घरमा काम गरिरहेका थिए । जिल्ला अस्पतालमा उपचार भइरहेका उनीहरूको अवस्थामा सामान्य रहेको बताइएको छ । चट्याङले जोगीपोखरीमा मिन्द्रबहादुर मगरले सञ्चालन गरेको फर्ममा रहेका ६ वटा सुँगुरसमेत मरेका छन् ।

प्रकाशित : असार ११, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?