कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बिरामी लिन गएका एम्बुलेन्स चालकको दुर्घटनामा मृत्यु

कुम्भराज राई

ओखलढुंगा — लिखु गाउँपालिकामा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश ३–०१– ००२ नं. को एम्बुलेन्स गाउँपालिकाको केन्द्र यसमबाट गाम्नाङटारतर्फ जाने क्रममा सडकदेखि दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक २३ वर्षीय सुदर्शन खत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताए ।

एम्बुलेन्स बिरामी लिनका लागि गइरहेको बेला कात्तिकेभीर भन्ने स्थानबाट खसेको थियो । स्थानीय तहहरुले खनेको सडकहरु ग्रेड नमिलाई खन्दा अधिकांश सडक ज्यानमारा बनेको स्थानीयको गुनासो छ ।

प्रकाशित : असार ११, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?