१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तमोर नदीमा पाैडी खेल्न गएका दुई किशोर बेपत्ता

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गास्थित तमोर नदीको प्याङ्गे दोभानमा पौडी खेल्ने क्रममा दुई जना किशोर बेपत्ता भएका छन् । आठराई गाउँपालिका–५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदीमा डुबेर गत राति बेपत्ता भएका हुन् ।

तमोर नदी किनारमा रहेको आँप बगानमा स्थानीय ६ युवा आँप खान गएका थिए । आँप खाएर तमोर नदीमा पौडी खेल्न गएका ६ जनामध्ये दुई जना किशोर बेपत्ता भएको इलाका प्रहरी कार्यालय आठराई संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थानदारले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता किशोरहरुको खोजीका लागि छातेढुंगा र चुहानडाँडा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक थानदारले जानकारी दिए । नदीमा किशोर बेपत्ता भएकोबारे तमोर नदीसँग सिमा जोडिएका जिल्लाहरु पाँचथर, धनकुटा, सुनसरी र उदयपुरका प्रहरीलाईसमेत खबर गरिएको तेह्रथुम प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?