३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

झापामा होम क्‍वारेन्टाइनमा बसेकालाई कोरोना

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतबाट आएर होम क्‍वारेन्टाइनमा बसेका झापा मेचीनगर ६ काँकडभिट्टाका ३५वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । होम क्‍वारेन्टाइनमा बसेकालाई कोरोना संक्रमण भएको जिल्लामै पहिलो घटना हो । 

झापामा होम क्‍वारेन्टाइनमा बसेकालाई कोरोना

स्वास्थ्य मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा झापामा ६ जना संक्रमित थपिएका छन् । जसमा काँकडभिट्टाका ती पुरुष सहित वडा नम्बर ५ का ३० वर्षीय पुरुष छन् । उनी बालकल्याण मावि अधेरीको क्‍वारेन्टाइनमा बसेका थिए । उनी पनि भारतबाटै आएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार आइतबार थपिएका २ सँगै झापाको मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । संक्रमण दुवैलाई मोरङको गोठगाउँस्थित कोभिड उपचार केन्द्रमा लगिएको छ ।

आइतबारै झापाको कन्काइमा १ महिला र अर्जुनधारा २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको चम्लागाईंले जनाए । कन्काईकी महिला भर्खरै कुवेतबाट आएकी हुन् । अन्य भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए ।

झापा कोरोना संक्रमितको संख्या १८९ पुगेको छ ।

प्रकाशित : असार ७, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?