मोरङको डोरियामा पनि सशस्त्रको बीओपी

विनोद भण्डारी

विराटनगर — मोरङको सीमावर्ती रतुवामाई नगरपालिका–२ को डोरियामा सशस्त्र सीमा सुरक्षा पोस्ट स्थापना गरिएको छ । योसँगै मोरङको सीमावर्ती क्षेत्रको ६३ दशमलव २ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीका ७ वटा बोर्डर आउट पोस्ट (बीओपी) सञ्चालनमा आएका छन् ।

यसअघि प्रत्येक १० दशमलव ५ किलोमिटरको अन्तरमा बीओपी रहेकोमा सातौं पोस्ट स्थापना भएपछि औसत प्रति ९ किलोमिटरमा सशस्त्र प्रहरीको बीओपी रहेका छन् ।

स्थानीय सनातन राजवंशीले पोस्ट स्थापनाका लागि ८ कट्ठा ४ धूर जमिन सशस्त्रलाई निशुल्क उपलब्ध गराएपछि पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालीनीले जनाएको छ ।

गणका प्रहरी उपरीक्षक नेत्रवहादुर कार्कीका अनुसार सरकारको नीति अनुसार निकट भविष्यमा नै नेपाल भारत सीमा क्षेत्रको प्रति साढे ३ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले बीओपी स्थापना गर्ने तयारी रहेको बताए।

उक्त पोस्टको सशस्त्र प्रहरी बल बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुवामाई नगरप्रमुख रविन राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रकाशित : असार ७, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?