कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाली सुरक्षाकर्मीमाथि भारतीय तस्करद्वारा आक्रमण प्रयास

पर्वत पाेर्तेल

काँकडभिट्टा — भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको छ । सोमबार राति भारतीय तस्करको समूहले आक्रमण झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिए । एसपी थक्सुका अनुसार लसुने नाकाबाट पछिल्लो समय तस्करी मौलाएको छ । 

नेपाली सुरक्षाकर्मीमाथि भारतीय तस्करद्वारा आक्रमण प्रयास

सोमबार मध्यराति भारतीय तस्करले अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोजेका थिए । कतिपय सामान सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिराइसकिएको थियो । ‘अवैध सामान बरामद गर्ने क्रममा भारतीय तस्कर समूहले हाम्रा सुरक्षाकर्मीलाई लछारेका हुन्’, एसपी थक्सुले भने, ‘सामान्य वादविवाद भयो, ठूलो घटना हुन पाएन ।’

थक्सुले यो नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ । ‘लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन्’, एसपीले भने,‘झापाका दक्षिणी नाकाबाट तस्करी मौलाउँदै गएको छ ।’

सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिक र तस्करको समूहबाट श्रृंखलाबद्ध आक्रमण हुँदै आएको छ ।

प्रकाशित : असार २, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?