१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वन संरक्षण अभियन्ता श्रेष्ठको निधन

जितेन्द्र साह

विराटनगर — वन संरक्षण अभियन्ता ९९ वर्षीय रामबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको  विराटनगर–७, गेहेली टोलस्थित निवासमा शनिबार बिहान निधन भएको हो । काठमाडौं लैनचौरका सम्पन्न परिवारका श्रेष्ठ २०१६ देखि विराटनगर बस्दै आएका थिए । असारमा उनी सय वर्ष पुग्थे ।

वन संरक्षण अभियन्ता श्रेष्ठको निधन

हात दुख्यो भन्दै मालिस गर्न लगाएर बिहान पुन: सुतेका श्रेष्ठको सुतेकै अवस्थामा निधन भएको परिवारजनले जनाएका छन् ।

पूर्वरेन्जर श्रेष्ठ यहाँ व्यवसायी छोराबुहारीसँग बस्थे । उनको चार छोरा र दुई छोरी छन् । श्रेष्ठको विराटनगरको सिंघिया खोलास्थित हाटखोला घाटमा अन्त्येष्टि गरिएको छ ।

राष्ट्रिय एवं स्थानीय पत्रपत्रिकामा सामाजिक चेतना र जागरणसम्बन्धी कविता तथा विचार लेखनका कारणले उनले महानगर विराटनगरमा छुट्टै पहिचान बनाएका थिए । ‘पदको लालसा नराखि सामाजिक क्षेत्रमा सदैव सक्रिय रहे, आडम्बरबाट टाढा रहेर सामान्य जीवन बिताए,’स्थानीय ज्येष्ठ नागरिक मणिकुमार अर्ज्यालले भने । उनी ज्येष्ठ नागरिकको हितमा क्रियाशील विराटनगर–१४ स्थित नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष थिए ।

प्रकाशित : जेष्ठ ३२, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?