यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काँकडभिट्टा — १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका २ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

यौन दुर्व्यवहारको आरोपमा पक्राउ

छिमेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले हिरासतमा रहेका अभियुक्तलाई अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाए । आरोप पुष्टि भए उनलाई बढीमा ३ वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ ।

अभियुक्तका परिवारहरुले ‘मिल्नुपर्छ’ भन्दै बालिका र उनका अभिभावकलाई मानसिक दबाब दिइरहेको बताइएको छ । बालिकाका अभिभावकले भने,‘मिल्नुपर्छ भन्ने दलका नेता कार्यकर्ताहरु पनि छन् ।’

बालिकाले प्रहरीलाई दिएको बयान अनुसार जेठ २६ गते साँझ उनी घरबाट पसल जाँदै थिइन् । सोही क्रममा आरोपीले नजिकैको मकैबारीमा लगेर दुर्व्यवहार गर्न खोजेका थिए । सोही क्रममा बालिका चिच्चाएपछि अभिभावकले थाहा पाएका थिए । उनले बयानमा भनेकी छन् , यसअघि पनि पटक पटक यौन प्रस्ताव राख्दै आएका थिए ।’

प्रकाशित : जेष्ठ ३२, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?