झापाका १ सय ४ जना कोरोना निको भएर फर्किए

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा १ सय ४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कचनकवल गाउँपालिकाका मात्रै ९४ जना घर फर्किसकेका छन् । कोरोना जितेर फर्किने अधिकांश कचनकवल, दमक, वाह्रदशी, झापा र विर्तामोड लगायत पालिकाका छन् । 

झापाका १ सय ४ जना कोरोना निको भएर फर्किए

स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले कोरोना जितेर फर्किने सबै समाजमा घुलमिल हुन थालिसकेका छन् ।

झापाका १५ पालिकामध्ये १४ मा कोरोना संक्रमण भइसकेको छ । शनिबार ५ थपिएसँगै झापामा संक्रमितको संख्या १ सय ७४ पुगेको छ । थपिएका ५ जनामध्ये दक्षिणी गाउँपालिका गौरीगञ्जका ३, बाह्रदशीका १ र शिवसताक्षीका १ जना छन् । शिवसताक्षीमा पहिलो संक्रमण हो ।

झापामा सबभन्दा बढी कचनकवलमा १ सय २६, दमक १, बाह्रदशीमा ७, गौरीगन्ज १५ जना, गौरादहमा ४, कमल १, अर्जुनधारा २, भद्रपुर ४, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३, हल्दिवारी २ र शिवसताक्षीमा १ जना संक्रमित छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?