कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कुवेतबाट आएका ९३ महिला चतराको होल्डिङ सेन्टरमा

प्रदीप मेन्याङ्बो

सुनसरी — सरकारले कुवेतबाट उद्धार गरी ल्याएका महिला कामदारमध्ये प्रदेश १ का ९३ जनालाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरास्थित होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरू शुक्रबार सुनसरी आइपुगेका हुन् ।

कुवेतबाट आएका ९३ महिला चतराको होल्डिङ सेन्टरमा

सरकारले चतराको रामानन्दाचार्य सेवापीठले बनाएको १ सय २८ कोठे भवनलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरेको छ । १ नम्बर प्रदेशस्तरीय होल्डिङ व्यवस्थापन उपसमितिका सदस्य रवि खनालका अनुसार कुवेतबाट आएका ती महिलालाई केही समय चतरामा राखिनेछ ।

कुवेतबाट आउनेमा प्रदेशका ११ जिल्लाका महिला छन् । सबैभन्दा बढी ३७ जना झापाका छन् । त्यस्तै मोरङका २१, सुनसरीका १८, इलामका चार, सोलुखुम्बु र पाँचथरका तीन–तीन, ताप्लेजुङ र तेह्रथुमका दुई–दुई तथा धनकुटा, भोजपुर र खोटाङका एक–एक जना छन् ।

होल्डिङ व्यवस्थापन समितिले उनीहरूलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइने जनाएको छ । यसै गरी भारतबाट आएका ८८ जनालाई बराहक्षेत्रमा रहेका चारवटा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको पीसीआर जाँचको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?