१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नदीजन्य वस्तुको अनियन्त्रित उत्खनन् रोक्‍न नसकेको आरोप

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिका क्षेत्रमा नदीजन्य वस्तुको अनियन्त्रित उत्खनन् भइरहेको छ । उत्खनन् भइरहे पनि नगरपालिकाले रोक्न पहल नगरेको आरोप लगाइएको छ ।

नेकपा चौदण्डीगढी नगर कमिटीले मंगलबार बेल्टार बजारमा पत्रकार सम्मेलन गर्दै नगरपालिले अनियन्त्रित उत्खनन रोक्न नसकेको आरोप लगाएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा तोकिएको परिमाणभन्दा बढी र अधिकार क्षेत्र भन्दा बाहिर गएर उत्खनन् भइरहेको नेकपाको भनाइ छ । लामाखोलाबाट निकाल्नुपर्ने १२ हजार ५ सय ७१ दशमलव एक घनमिटर भन्दा तीन गुणा बढी निकालिएको नगर कमिटी अध्यक्ष राजेन्द्र कटुवालले बताए ।

‘तोकिएको परिमाणभन्दा बढी निकाल्दा समेत नगरपालिका मौन देखएिको छ’ उनले भने । राष्ट्रपति चुरे सरक्षण क्षेत्रभित्र भएको सिवाई खोला छेउमा बालुवा प्रशोधन केन्द्र सञ्चालन गर्न दिइएको भन्दै कटुवालले त्यो सञ्चालन अनुमति दिनु कानून विपरीत भएको दाबी गरे ।

प्रकाशित : जेष्ठ २७, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?