कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्रदेश १ मा ११ हजारभन्दा बढी नमुना परीक्षण

माधव घिमिरे

विराटनगर — भारतबाट आउनेहरु थपिने क्रम बढेको र त्यसरी आएका अधिकांशमा संक्रमण पुष्टि हुने क्रमसँगै प्रदेश १ मा परीक्षण तीव्र पारिएको छ ।

प्रदेश १ मा ११ हजारभन्दा बढी नमुना परीक्षण

आइतबार साँझसम्म प्रदेशभरका गरी ११ हजार ५ सयभन्दा बढी नमुना संकलन गरी परीक्षण गरिएको छ । प्रदेशका तीन स्थानमा स्वाब नमुना परीक्ष गर्ने गरिएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार साँझसम्म ५ हजार २ सय ३२ वटा स्वाब नमुना परीक्षण गरिएको छ । यसैगरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वाब नमुनाको संख्या ४ हजार ६ सय १० छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ हजार ५ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश १ मा जम्मा संक्रमित पुष्टि भएको संख्या २ सय ५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ९१ जना निको भएर डिस्चार्ज गरिएका छन् ।

आइसोलेसनमा बस्‍नेको संख्या आइतबार साँझसम्म १ सय १ सय ६८ रहेको प्रदेश १ सरकारले जनाएको छ । यसैगरी प्रदेशका विभिन्‍न स्थानीय तहमा गरी क्‍वारेन्टाइनमा बस्नेको संख्या ४ हजार ३ सय ८८ पुगेको छ ।

यसैबीच भारतका विभिन्‍न स्थानबाट आएर जोगबनी नाकानजिक बसेकाहरुलाई नेपाल प्रवेश गराउने क्रम जारी छ । आइतबार त्यसरी आएका ४१ जना नेपालीलाई प्रहरीले नेपाल प्रवेश गराइएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरी ७२ जना भारतीय नागरिकलाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ । यसअघि शनिबार जोगबनी नाकाबाट ५४ जना नेपालीलाई प्रवेश गराइएको थियो । दुई सयजना भारतीय नागरिकलाई उक्त नाकाबाट पठाइएको प्रहरीले जनाएको छ ।

अघिल्लो बुधबारदेखि दुबै देशका सुरक्षाकर्मीको समन्वयमा दुई देशका नागरिकहरुलाई नाकाबाट प्रवेश गराउन थालिएको हो । मोरङका विभिन्न स्थानीय तहमा गरी ७१ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । ती क्वारेन्टाइनमा बस्नेको पछिल्लो संख्या १ हजार ३ सय २० रहेको प्रहरीले जनाए ।

प्रकाशित : जेष्ठ २५, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?