३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खोटाङमा खुकुरी प्रहारबाट १ को मृत्यु, १ जना घाइते

डिल्लीराम खतिवडा

उदयपुर — खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

आइतबार बिहान पौने ९ बजे खार्ताम्छामा ३६ वर्षीय शुभराज राईले स्थानीय ६५ वर्षीय डिल्लीराज राई र उनकी श्रीमती ६२ वर्षीया सममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौं पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनागरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताए । उनका अनुसार अर्का घाइते सममायालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

खुकुरी प्रहार गर्ने शुभराजलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलाय खोटाङले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?