मृगको मासुसहित दुई पक्राउ
उदयपुर — मृगको मासुसहित चौदण्डीगढी नगरपालिका–५ जुटपानीका दुई युवक पक्राउ परेका छन् ।
स्थानीय २८ वर्षीय वीरेन तामाङ र ३६ वर्षीय राजकुमार तामाङ सगरमाथा सामुदायिक वनबाट मारेको मृगसहित पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय सुन्दरपुर र सव–डिभिजन वन कार्यालय सुन्दरपुरबाट खटिएको संयुक्त टोलीले मृगको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेको युवकलाई सव–डिभिजन वन कार्यालय सुन्दरपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी साहयक वन अधिकृत जागेश्वर साहले बताए ।
ती युवकलाई आइतबार नै अदालतबाट म्याद लिइ वन ऐन अन्तर्गत कानूनी कारबाही अगाडी बढाइएको साहले बताए ।
प्रकाशित : जेष्ठ २५, २०७७ १४:४४प्रतिक्रिया