कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मृगको मासुसहित दुई पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — मृगको मासुसहित चौदण्डीगढी नगरपालिका–५ जुटपानीका दुई युवक पक्राउ परेका छन् ।

मृगको मासुसहित दुई पक्राउ

स्थानीय २८ वर्षीय वीरेन तामाङ र ३६ वर्षीय राजकुमार तामाङ सगरमाथा सामुदायिक वनबाट मारेको मृगसहित पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय सुन्दरपुर र सव–डिभिजन वन कार्यालय सुन्दरपुरबाट खटिएको संयुक्त टोलीले मृगको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेको युवकलाई सव–डिभिजन वन कार्यालय सुन्दरपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी साहयक वन अधिकृत जागेश्वर साहले बताए ।

ती युवकलाई आइतबार नै अदालतबाट म्याद लिइ वन ऐन अन्तर्गत कानूनी कारबाही अगाडी बढाइएको साहले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?