जोगवनी हुँदै ५४ जना आए, २ सय गए

काठमाडौँ — पूर्वी नाका जोगवनीबाट भारतका विभिन्न क्षेत्रबाट सीमानाजिक आएर बसिरहेका थप ५४ जनालाई प्रहरीले उद्धार गरी क्‍वारेन्टाइन र होल्डिङ सेन्टरहरुमा पठाएको छ ।

जोगवनी हुँदै ५४ जना आए, २ सय गए

शनिबार जोगबनीबाट ९ महिलासहित ५४ जना नेपालीलाई प्रवेश गराइएको मोरङ प्रहरीले जनाएको छ । यसैगरी ३९ जना महिलासहित दुई सयजना भारतीयलाई घर पठाएको छ । प्रहरीका अनुसार अघिल्लो बुधबारदेखि भारतीय प्रहरीसाग समन्वय गरी सीमा नाकामा आइपुगेका दुबै देशका नागरिकलाई आफ्नो ठेगाना भएको स्थानतर्फ पठाउने काम भइरहेको छ । नेपाल प्रवेश गरेकालाई सीमावर्ती क्षेत्रमा बनाएका होल्डिङ सेन्टर एवं विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा पठाएको छ ।

भारतबाट भित्रने क्रम बढेपछि मोरङमा क्वारेन्टाइनका संख्या पनि बढाएको छ । मोरङका विभिन्न स्थानमा गरी ७१ वटा क्वारेन्टाइन बनाइएका छन् । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा संक्रमण पुष्टि भएका १८ जनालाई राखेर हेरचाह भइरहेको छ । केन्द्रमा रहेकामध्ये ५७ जनालाई डिस्चार्ज गरिसकिएको छ ।

यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउामा रहेको आइसोलेसन केन्द्रमा ४६ जनालाई राखिएको प्रहरीले जनाएको छ । कोसी अस्पतालको आइसोलेसनमा रहेका ५३ जनालाई घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?