२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर — मोरङ र उदयपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको बेलका १ आम्बासीका ५१ वर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर दुई जनाको मृत्यु

यसैगरी मोरङको केराबारी ८ देवीझोडाकी १३ वर्षीया सपना लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । टर्चलाइट चार्जमा राख्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?