२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ताप्लेजुङमा घाँस काट्दा लडेर महिलाकाे मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोक निवासी खड्कीमाया भट्टराईको लडेर ज्यान गएको छ । ३५ वर्षीया भट्टराईको निघुरे भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता विष्णुबहादुर खड्काले बताए । 

उनको शव पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान काजी भट्टराईको पाँच वर्षअघि गोठमा आगो लागेर ज्यान गएको थियो । बापुमा रहेको गोठमा भएको आगलागीबाट मृत्यु भएको स्थानीय लक्षुमन कडरियाले वताए । उनका तीन सन्तान छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?