१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मदन भण्डारी राजमार्ग : गाईघाट-नेपालटार ३० किलोमिटर निर्माण सकियो

डिल्लीराम खतिवडा

उदयपुर — मदन भण्डारी राजमार्गको ३० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । उदयपुरको गाईघाट–नेपालटार खण्डको निर्माण सकिएको हो ।

मदन भण्डारी राजमार्ग : गाईघाट-नेपालटार ३० किलोमिटर निर्माण सकियो

डेन्स बिटुमिन कंक्रिट (पहिलो चरणको कालोपत्र) को काम सकिएकै समयमा लकडाउन सुरु भएको थियो । लकडाउनकै कारण करिब डेढ महिना सडक निर्माण कार्य रोकियो । वैशाख २२ गतेबाट पुनः निर्माण कार्य थालेपछि अस्फाल्ट कंक्रिट (दोस्रो चरणको कालोपत्र) को काम गरिएको निर्माण कम्पनी जेडआईईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले जनाएको छ ।

सरकारले विकास निर्माणका योजना लकडाउनकै बीच पनि सञ्चालन गर्ने निर्णय गरेपछि काम बन्द भएको ४५ औं दिनपछि दोस्रो चरणको कालोपत्रको काम थालिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सीताराम दाहालले बताए । अब गाईघाट-बेल्टार खण्डमा अस्फाल्ट कंक्रिटको काम सुरु गरिने उनको भनाइ छ ।

कम्पनीले जिम्मा लिएको राजमार्गको १ सय २६ किलोमिटरमध्ये ८६ किलोमिटरमा पहिलो चरणको कालोपत्र पूरा भइसकेको छ । ती खण्डमा दोस्रो चरणको कालोपत्र गर्ने र बाँकी स्थानमा सवबेस र बेस निर्माणका काम अगाडि बढिरहेको राजमार्ग योजना कार्यालय गाईघाटका इन्जिनियर शंकर पोखरेलले बताए । ‘दोस्रो चरणको कालोपत्रसम्म आइपुग्दा ७८ प्रतिशत भौतिक प्रगति भएको छ,’ उनले भने, 'चालु आर्थिक वर्षको अन्त्यसम्म ८१ प्रतिशत काम सकिन्छ ।’

राष्ट्रिय महत्वको योजना मानिएको मदन भण्डारी राजमार्गको धरान–चतरा–गाईघाट– कटारी हुँदै सिन्धुलीको भिमान खण्डमा १ सय ३४ किलोमिटर सडक पर्छ । सडक निर्माणका लागि जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?