कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

बालिकाको स्वास्थ्यमा समस्या आएपछि आइतबार कटारी अस्पतालमा परीक्षण गर्दा ८ साताको गर्भ रहेको पत्ता लागेको थियो ।
डिल्लीराम खतिवडा

उदयपुर — बालिकालाई बलात्कार गरेको आरोपमा कटारी नगरपालिका–५ भोर्लेका १७ वर्षीय किशोर पक्राउ परेका छन् । १२ वर्षीया बालिका गर्भवती भएपछि घटनाबारे खुलेको हो ।

बालिकाको स्वास्थ्यमा समस्या आएपछि आइतबार कटारी अस्पतालमा परीक्षण गर्दा ८ साताको गर्भ रहेको पत्ता लागेको थियो । परिवारले सोधपुछ गरेपछि उनले घटनाबारे बताएकी थिइन् । बालिकाको बयानका आधारमा दुई दिनअघि ती किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकलेस माधवीले बालिकाको ४ पटकसम्म युरिन प्रिभिन्टी टेस्ट (युपिट) गर्दा पोजिटिभ देखिएको बताए । ‘तेस्रोपटक परीक्षण गर्दासमेत पोजिटिभ नै देखिएपछि प्रविधि पुनः जाँच गरी चौथोपटक हेर्‍यौं,’ उनले भने, ‘त्यसमा पनि पोजिटिभ देखिएकाले अल्ट्रासाउन्ड गर्दा ८ हप्ताको गर्भ रहेको पुष्टि भयो ।’

किशोरलाई अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए । उनलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?