झापामा ट्याक्टरले किच्दा चालकको मृत्यु

मोरङ — झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडकमा ट्याक्टरले किच्दा चालकको मृत्यु भएको छ ।

सडकछेउ बिग्रिएर राखिएको मे १ त १९३२ नम्बर ट्याक्टरलाई तानेर लैजाने क्रममा चालक सिटबाट तल झर्ने क्रममा ठूलो चक्काले किचिएको प्रहरीले जनाएको छ ।

सिकिस्त घाइते भएका चालक गौरीगन्ज–१ का २७ वर्षीय जितु राजवंशीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : जेष्ठ २१, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?