२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मंगलबारसम्म जोगबनी नाकाबाट ११ सय ६६ भित्रिए, १३ सय ५७ बाहिरिए

विराटनगर — गत बुधबारदेखि नाकामा अलपत्र परेकाहरुलाई भित्र्याउन सुरु गरेयता जोगबनी नाकाबाट १ हजार १ सय ६६ जना नेपाली भित्रिएका छन् । भारतका विभिन्‍न स्थानबाट आएकाहरुलाई प्रहरीले नेपाल प्रवेश गराएको हो ।

मंगलबारसम्म जोगबनी नाकाबाट ११ सय ६६ भित्रिए, १३ सय ५७ बाहिरिए

यसैगरी नेपालमा रहेका १ हजार ३ सय ५७ जनालाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ। संक्रमण फैलन रोक्न लागू गरिएको लकडाउनका कारण अप्ठ्यारोमा परेपछि भारतमा रहेका नेपाली आइरहेका छन् ।

सातायता जोगबनी नाकाबाट प्रवेश गर्ने नेपालीको संख्या १ हजार १ सय ६६ पुगेको छ । यसैगरी उक्त नाकाबाट मंगलबारसम्म १ हजार ३ सय ५७ जना भारतीय नागरिक भारतर्फ गएका छन् ।

विभिन्न नाका हुँदै लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएपछि गत बुधबारबाट दुबै देशका प्रहरीको समन्वयमा प्रवेश गराउन थालिएको थियो ।

मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार नाकामा आएर रोकिएकालाई भारतीय प्रहरीसँग समन्वयमा प्रवेश गराउने गरिएको छ । प्रदेश १ का झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, सुनसरीको भान्टाबारीलगायत नाकाहरुबाट पनि नेपाली भित्रने क्रम जारी छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?