कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भारतीयलाई लैजान नाकामै आइपुगे प्रतिनिधि

असम, सिक्किम र मणिपुरका ३ सय ७८ जना सोमबार पारि गए तर पश्चिम बंगाल र विहारकालाई प्रवेश दिइएन
पर्वत पोर्तेल

काँकडभिट्टा — भारत सरकारले लकडाउनका कारण नेपालमै रोकिएका पश्चिम बंगालबाहेक राज्यका भारतीयलाई सोमबार वैधानिक रूपमा प्रवेश दिएको छ ।

भारतीयलाई लैजान नाकामै आइपुगे प्रतिनिधि

असम, सिक्किम र मणिपुर राज्यका नागरिकलाई पारि पठाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए । उनका अनुसार असम, मणिपुरकालाई त्यहाँको सरकारका प्रतिनिधि राजदूतावासको चिठीसहित लिन आएका थिए । ‘आफ्ना नागरिक लिएर गए’, डीएसपी पोख्रेलले भने । सोमबार ३ सय ७८ भारतीय पारि गए भने करिब अढाई सय नेपाली भित्रिए ।

प्रहरीका अनुसार पश्चिम बंगालले आफ्नो राज्य र विहारका नागरिकलाई भने प्रवेश निषेध गरेको छ । त्यहाँका नागरिक पूर्वी नाकामा अलपत्र छन् । उनीहरूलाई काँकडभिट्टा सोसाइटी, रोटरी क्लब आदि संस्थाले खानाको प्रबन्ध गरेका थिए ।

भारतबाट आएका झापाका नागरिकलाई काँकडभिट्टा माविको होल्डिङ प्वाइन्ट र आदर्श मावि इँटाभट्टाको क्वारेन्टाइनमा राखिएको छ । झापाबाहिरकालाई भने सम्बन्धित जिल्ला पठाइएको छ । बंगाल र बिहारका नागरिक पारि जान नपाउँदा बजारक्षेत्रमा भिड बढेको प्रहरीले जनायो ।

प्रकाशित : जेष्ठ २०, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?